वीरगन्ज महानगरका मेयरले फोरम छाड्दै



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले पार्टी छाड्ने तयारी गरेका छन् ।
महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै उनले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् ।व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयर निर्वाचित भएका थिए । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।नगर अध्यक्ष ईश्वर यादवले कार्यव्यस्तताको कारण नगर प्रमुखले ध्यानाकर्षण पत्र बुझ्न समय दिन नसकेको बताए । ‘मधेस आन्दोलनको भावना र जन चाहना अनुसार महानगरको विकास हुनुपर्छ भन्ने नगरसमितिको ठहर छ ।

कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरु बताउँछन् । नगर प्रमुख सरावगीले पार्टी निर्णय नगरेसम्म राजीनाबारे केही नबेल्ने प्रतिक्रिया दिए । विगतमा मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जको विकास गर्ने दायित्व आफ्नो काँधमा आएको भन्दै मेयर सरावगीले आफू त्यसमा लागिरहेको बताएका छन् ।
को हुन् सरावगी

२०७३ साल फागुन ६ गते पर्साको पोखरियामा एक बृहत पार्टी प्रवेशको कार्यक्रम आयोजना गरी उनी फोरममा प्रवेश गरेका थिए । त्यसअघि उनी एक उधोगी थिए । नेपाल उधोग बाणिज्य संघको कार्यकारी सदस्य रहेका सरावगीले वीरगन्ज उधोग बाणिज्य संघको नेतृत्व सहाली सकेका छन् । नेकपा माओवादी निकट मानिने सरावगी मधेशमा माओवादीको अस्तित्व नदेखेपछि फोरममा प्रवेश गरेका थिए । फोरमा प्रवेश गरेपछि उनी मेयरका लागि आकांक्षी भए लगत्तै निर्वाचनमा उत्रिएपछि गत साल असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनी वीरगन्जको मयर पदमा बिजयी भएका हुन् । माओवादीले संचालन गरेको सशस्त्र संघर्ष ताका वीरगन्जका धेरै ब्यवसायीलाई बचाउन उनले भूमिका निर्वाह गरेको र माओवादीलाई पनि सहयोग गरेका कारण तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले पनि सरावगीलाई माओवादीमा प्रवेश गराउने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्