क्यानडामा घन्कियो ढकालको सुमधुर साँझ



सुगम र फिल्मी संगीतमा लोकप्रिय गायक रामकृष्ण ढकालले क्यानडाको विभिन्न शहरमा सानदार प्रस्तुति प्रस्तुत गरेका छन्। केहीअगाडि मात्र लामो समयसम्म अमेरिका बसेर विभिन्न राज्यमा आफ्ना गीत–संगीत प्रस्तुत गरी केही समयका लागि मात्र नेपाल फर्केका ढकालले लगत्तै अमेरिका हुँदै क्यानडा पुगेर आफ्ना गीत–संगीत प्रस्तुत गरेका हुन्।

पहिलोपटक क्यानडा पुगेको ओराली लागेको हरिणको चाल भो गायक ढकालले टोरन्टोमा हरेक वर्ष आयोजना हुने हिमालयन फेस्टिबलको १२औं संस्करणमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका हुन्। राष्ट्रिय पोशाकमा सजिएर राष्ट्रिय भावनाले ओतप्रोत गीत बिहान उठ्ने बित्तिकैबाट सांगीतिक कार्यक्रम शुरूआत गरेका ढकालले लगातार दर्शकको मुडअनुसार गीत पेस गरेर मोहित बनाएका थिए।

५/६ हजार नेपालीको सहभागिता रहको फेस्टिवलमा नेपाली कला, संस्कृति, भेषभँषा, खाना र सांगीतिक प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो। ढकालले टोरन्टोपछि क्यानडाको ओटावामा आयोजित रामकृष्ण ढकाल साँझबाट समेत दर्शकलाई मोहित तुल्याए।

सुसोस इनटरनेसनलद्वारा आयोजित साँझमा ढकालले २ दर्जनभन्दा बढी गीत गाएका थिए। ढकालले गाइरहँदा उपस्थित दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए। क्यानडास्थित नेपाली राजदँत कालीप्रसाद पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा गायक ढकाल आफ्नो सुमधुर गीत–संगीतका साथ ३ घन्टासम्म प्रस्तुत भएका थिए। मँलतः दुई कार्यक्रमका लागि क्यानडा पुगेपछि दर्शकको मागका कारण गायक ढकाल क्यानडा पुग्ने उनका मेनेजर इन्दिप कोइरालाले नेपाल समाचारपत्रलाई जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्