सिटिजन्स बैंकद्वारा डोटीमा खाद्य कार्यक्रमको नगद वितरण



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले विश्व खाद्य कार्यक्रम गुड नेगिबार इन्टरनेसनलको सहकार्यमा नगद वितरण गरेको छ ।
स्थानीयले बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो।

डोटीाको पोखरी,सानागाउँ, लादागाडा, गाँजरी, गहिरागाउँ, खिरसेन र काडामाण्डुमा नगद वितरण गरी बैंकले ३६३३ परिवारलाई ५ करोड १७ लाख ७६ हजार ८३५ रुपियाँ वितरण गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनलले ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्