सुरु भयो यूईएफए नेसन्स लिग



लन्डन, (एजेन्सी)
यूरोपमा अन्तरदेशीय क्लब फुटबल अन्तर्गत यूईएफए च्याम्पियन्स लिग र यूरोपा लिग मात्र अहिलेसम्म चलन चल्तीमा थियो । जसअन्तर्गत यूरोपेली क्लबहरु बीच मात्र लीग हुँदै आएको छ ।

तर अब यूरोपेली देशहरुबीच पनि लीग म्याच सुरु भएको छ । यूरोपियन यूनियन अफ फुटबल एसोसिएशन (यूईएफए) ले लिग ढांचामा आधारित यूरोपेली देशहरुबीच फुटबल लिगको शुरूवात गरेको हो । जसमा यूरोपका ५५ राष्ट्रले सहभागी छन् । यूरोपेली फुटबल इतिहासमा नै यस्तो प्रतियोगिता पहिलो पटक सुरु गएिको हो । जसअन्तर्गत ६ सेप्टेम्बरमा भएको प्रतियोगिाताको पहिलो भिडन्त वर्तमान फीफा विजेता फ्रान्स र सन २०१४ को विजेता जर्मनी बीच भएको थियो । जसमा दुवै टोलीले गोलरहित बराबरीमा खेल टुग्याएका थिए ।


यस लिगको फाइनल आगामी वर्ष २०१९ को जूनमा हुनेछ । यस लिगको पुरस्कार राशि १ हजार २० करोड नेपाली रुपैयाँ बराबर रहेको छ । यस लिगलाई अहिले यूरोकप २०२० को क्वालिफाइंग टूर्नामेन्ट पनि भन्न थालिएको छ । यसबाट चार टीम यूरो कपका लागि क्वालिफाई हुनेछ । यूएफाले लिगका लागि नयाँ बल पनि प्रयोगमा ल्याएको छ । उक्त बल गत फिफा विश्वकपमा प्रयोग गरिएको बल टेलस्टार १८ जस्तै रहेको छ ।

नेसन्स लिगमा सम्मिलित यूरोपका ५५ राष्ट्रलाई चार डिभिजन (चार लिग) मा बांडिएको छ । लिग ए मा १२, लिग बी मा १२, लिग सी मा १५ र लिग डी मा १६ राष्ट्रलाई सामेल गरिएको छ । ती लिगलाई पनि विभिन्न समूहहरुमा बाँडिएको छ । जसअन्तर्गत लिग ए र बी मा तीन–तीन राष्ट्रसहितको चार समूह बनाईंएको छ ।

शीर्ष टोली उच्च लिगमा बढुवा हुने 
लिग सी को एक समूहमा तीन टीम राखिएका छन् । जसमध्येको तीन समूहमा चार–चार टीम छन् । यस्तै लिग डी को १६ टीमलाई भने ४ समूहमा बिभाजन गरिएको छ । जसअन्तर्गत प्रत्येक समूहमा ४–४ टीम रहेका छन् । लिग ए मा भने शीर्ष वरियता टोलीलाई राखिएको छ । यस्तै लिग डी मा भने सबैभन्दा कम वरियता भएको टोलीलाई राखिएको छ ।

सबै टोलीले एक–अर्का विरुद्ध ’होम एण्ड अवे’ को ढाँचामा प्रतिस्पर्धा गर्नेछ । यी म्याचहरु नोभेम्बरसम्म खेलिनेछ । त्यसपछि भने नतिजाको आधारमा हरेक लिगको सबै समूहको शीर्ष टोली उच्च लिगमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहने टोलीलाई भने समूहबाट रेलिगेट गरिनेछ । लिग ए को शीर्ष ४ टीमबीच सेमीफाइनल म्याच खेलिनेछ । जुन नकआउटमा आधारित हुनेछ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल भने ९ जुन २०१८ मा हुनेछ ।

प्रत्येक समूह विजेताको पुरस्कार दोब्बर 
लिगमा प्रत्येक समूहको विजेता टीमको पुरस्कार राशि दोब्बर हुनेछ । नेसन्स लिगमा लिग ए का टीमहरुलाई सबैभन्दा बढी २० करोड नेपाली रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ ।

लिग बी को टीमहरुलाई १२.८० करोड, लिग सी का टीमहरुलाई ९.६० करोड र लिग डी का टीमहरुले ६.४० करोड नेपाली रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्