एक्सन हिरो शिव म्युजिक भिडियोमा



एक्सन हिरो शिव श्रेष्ठद्वारा अभिनय गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द रचना रहेको बाबा तिमी छौ र त बोलको गीतको म्युजिक भिडियोमा शिव बाबाको भूमिकामा देखिएका छन्।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर गत आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ। भिडियो उत्सव दाहालले खिचेका छन् भने सम्पादन निशान घिमिरेले गरेका छन्। भिडियो अहिले देशमा बढिरहेको बलात्कारका घटनाको विरुद्धमा तयार पारिएको छ। अस्मिताले यो गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्। युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबुछोरीको भूमिका गरेका छन्। अभिनेता श्रेष्ठले यो भिडियोमा काम गर्न पाउँदा खुसी लागेको बताए। उनले भने– ‘धेरै फिल्ममा काम गरे पनि भिडियोमा काम गर्न पाउँछुजस्तो लागेको थिएन, तर यति राम्रो गीतमा अभिनय गर्न पाएँ, निकै खुसी छु।’ नायिका हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुसी लागेको बताइन्।

प्रतिक्रिया दिनुहोस्