४ कलाकार एकै मञ्चमा सम्मानित



लमजुङ, (नेस)

लमजुङको सदरमुकाम बेंसीशहरमा ४ कलाकार एकै मञ्चमा सम्मानित भएका छन्। सम्मानित हुनेमा ठाडोभाकाका बुद्धिमान दुरा ९धम्पु० र उनको गायन जोडी सीता दुरा, नाट्यकर्र्मी पुरु लम्साल र लोकगायक तथा बाधक केयरसिंह गुरुङ छन्।

लमजुङको पहिलो पत्रिका अन्तरले २७औं वार्षिकोत्सवका अवसरमा उनीहरूलाई सम्मान गरेको हो। सम्मानपछि धम्पु र सीताले सोही कार्यक्रमको परिवेश झल्कने गरी गीत कथेर दोहोरी गाएर मनोरञ्जन प्रदान गरेका थिए। कलाकार केयर संह गुरुङले नाकले बाँसुरी बजाउँदै हरिदेवी कोइरालाले गाएको घरको मालिक परदेशै गएको, गुरुङ फिल्म सिरमै रानीको बोल ङलङ्लो सिरमै रानीको धुन सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्