सुरु भयो ‘पाटा ट्राभल मार्ट २०१८’



दीपेन्द्र थापा, मलेसिया
‘पाटा ट्राभल मार्ट २०१८’ मलेसियाको लंकावीका सुरु भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसनको आयोजनामा सुरु भएको मार्टमा नेपालले पनि सहभागिता जनाएको छ ।

मार्टमा नेपालमको प्रतिनिधित्व गर्दै पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र निजी क्षेत्रको लगाउयत पर्यटसँग प्रवद्र्धनमा सरोकार राख्ने विभिन्न संस्थाको पनि सहभागी रहेको छ । मार्टमा नेपालबाट प्रतिनिधित्व गर्ने सबै संस्थाको सहकार्य रहेको छ । मार्टमा प्रतिनिधित्व गर्ने नेपाली सहभागीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा गन्तव्यको प्रचार÷प्रसार गर्नेछन् । साथै मार्टमा सहभागीले निजी पर्यटन व्यवसायीहरुले पर्यटकीय गन्तव्य स्थलहरुको प्याकेज पनि बिक्री गर्नेछन् ।

सरकारले पर्यटन विकासका लागि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’अभियानको रुपमा सञ्चालन गर्दैछ । यो मार्टले समेत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताउनुभयो । नेपाल भ्रमण वर्ष अभियानको नारा ‘लाईफ टाइन एक्सपेरियन्स’ रहेको छ । मार्टमा नेपालले सन् १९७८ देखि सहभागति जानाउँदै आएको छ । पाटा ट्राभल मार्टको ४१ औै संस्करणमा ‘नेपाल पेभिलियन’ अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको थियो ।

मलेसिया सरकारको पर्यटन मन्त्रालयको होस्ट आयोजना गरीएको पाटा ट्राभल मार्ट २०१७ मा नेपालबाट १० वटा निजी क्षेत्र (टुर अपरेटर, ट्राभल र होटल ) व्यवसायीको पनि सहभागी जनाएको छ । मार्टबाट नेपालको पर्यटकीय गन्तव्यको राम्रो राम्रो ब्रान्डिङ हुने सहभागीहरुमको भनाइ छ ।

विश्वभरका ट्राभल प्रफेशनलहरुको बीचमा नेपालका गन्तव्य तथा नेपालले पर्यटन विकासका लागि गरिरहेको कामको विषयमा समेत छलफल हुने पाटा नेपाल च्याप्टरका बडाल बताउँछन् । अन्तर्राष्ट्रिय स्तरमा हुने यस्तो मार्टले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने सहभागीहरु बताउँछन् ।

यस्तो मार्टले नेपालको पर्यटन क्षेत्रमा रहेको भ्रम चिर्नसमेत सहज हुने र गन्तव्यको प्रबर्द्धनमा सहयोग पु¥याएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्माले बताउनुभयो ।

मार्टमा ६३ देशका २ सय भन्दा बढी कम्पनी तथा संस्थाको सहभागी रहेको छ । ४ सय ६० विक्रेता र २ सय ८१ वटा संस्थाहरु तथा ५१ स्रोत बजारहरुबाट कुल २ सय ९३ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट तथा छलफलको कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्