अफगानीस्तान: मृतकको संख्या वृद्धि



कावुल,(एजेन्सी)
अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलबार गरिएको एक आत्मघाती आक्रमणमा मर्नेको संख्या बढेर ६८ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । अफगानिस्तानमा संसदीय चुनाव नजिकिँदै जाने क्रममा पछिल् समय लडाकुहरुको हिंसात्मक आक्रमणको घटनामावृद्धि भएको छ ।

यस वर्षको अहिलेसम्मकै सबैभन्दा भयानक मानिएको नान्घार प्रान्तको पूर्वी क्षेत्रमा भएको यस विस्फोटमा अन्य १ सय ६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताएका छन् । यस प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । यस आक्रमणकोे जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्