तीज बुझ्नै गाह्रो



अहिलेको तीज बुझ्नै गाह्रो छ भन्या । दरको महत्वलाई दारुले ओझेल पार्न थालेपछि तीजलाई कसरी बुझ्ने ? आमा, छोरी, चेली विहानदेखि मुखमा पानी पनि नहाली ब्रत बस्ने अनि उही घरका श्रीमान् चाहिँ ग्लासमा पानी थप्दै बस्छन् भन्या ।

ग्लासवालाहरुले पानी मात्रै थप्ने हो र, ब्रान्डेड साथीको सितन पनि निक्कै खासाको चाहिने । यस्तो भएसी ब्रत बस्नेहरुले दुखेसो पोख्ने नै भए । तर ग्लासवालाहरु निधक्क भन्छन्–‘ब्रत बस्न मैले जवरजस्ती ग¥या छ र, आफै रहर गर्ने अनि मलाई थर्काउने ?’ यस्तै जुहारी धेरैका घरमा धेरैबेर चलिरहन्छ ।

महिलावृन्द पतिको दीर्घ आयु, घरको शुखशान्तिको कामना गर्दै ब्रत बसेकै दिनमा घरमा निकै चर्को जुहारी चल्दै हातहाला हाल पनि भएसी तीजलाई कसरी बुझ्ने ? उता श्रीमान्ज्यूहरुको गुनासो बेग्लै छ ।

आफूलाई विहानै देखि भोक भोकै राखेर श्रीमतीज्यूहरु मन्दिर धाएपछि ग्लासको सहायता लिन वाध्य हुनु प¥या रे । गुनासो पोख्नेहरुको ग्याङ स्वतः स्फूर्त रुपमा जुटेपछि टोल बस्तीमा दिउँसै चर्को स्वरमा ‘चियर्स’ गर्न बाध्य हुनु प¥या रे ।

प्रतिक्रिया दिनुहोस्