नेकपा सचिवालय बैठक: पेलेको भन्दै नेपाल रुष्ट



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको छ । बुधवार बसेको सचिवालयको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उक्त प्रतिवेदन बुझाउनुभएको थियो ।

यसअघि नै मापदण्ड बनाए पनि अध्यक्षयद्धयले पार्टी एकताको सांगठनिक सबै प्रक्रिया पूरा गर्न मापदण्ड आवश्यक रहेको बताउनुभएको छ ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले महासचिवले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको जानकारी दिनुभयो । उहाँले पार्टी एकीकरणको काम सम्पन्न गर्न अध्यक्षद्धयले नीतिगत मान्यताहरु अगाडि सारेको बताउदै मापदण्डको टुंगो लगाउनका लागि पुनः बैठक बस्ने बताउनुभायो ।

मापदण्डमै अलमल
आज पुनः बैठक बस्ने

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकीकरणको प्रक्रियामा जिल्ला कमिटीको नेतृत्व चयन र जनसंगठनमा पेलेर जान खोज्ने प्रवृत्ति गलत भएको भन्दै आपत्ति जनाएको बताइएको छ । बैठकमा सहभागी एक नेताले नेपालको भनाई उघृत गर्दै भने, ‘पार्टी एकीकरण गर्दा सबैको चाहना र भावना समेटर अगाडि बढनुपर्छ, पार्टीमा योगदान गरेकाहरुलाई न्यायसंगत रुपमा जिम्मेवारी दिएर अगाडि बढनुपर्छ, पेलेर जाने तरिका ठिक भएन ।’ नेपालपक्षले पार्टी अध्यक्षद्धय ओली र प्रचण्ड पक्षले गुटगत रुपमा आफ्नो पक्षलाई पाखा लगाउन खोजेको आरोप लगाएको छ ।

 

जिल्ला तहको नेतृत्व र जनसंगठनको नेतृत्वको नाम सिफारिस गर्दा नेपालपक्षलाई नसमेटिएको भन्दै नेकपाभित्र विवाद चर्चिएको छ । पार्टी एकीकरण हुँदा तीन महिनाभित्र पार्टी एकता सम्पन्न गर्ने घोषणा गरिए पनि आन्तरिक विवादको कारणले एकताको प्रक्रिया सम्पन्न हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्