लमजुङमा बाढी पहिरोले एकै परिवारका २ को मृत्यु, ४ बेपत्ता



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा सोमबारदेखि अविछिन्न परेको पानीका कारण आएको बाडी पहिरोले एकै परिवारका २ जनाको मृत्यु भएको छ भने २ जना मस्र्याङ्दीमा बेपत्ता भएका छन् । पहिरोमा परी अन्य २ जनाको समेत अज्ञात रहेको प्रहरीले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिका– ३ स्थित तरापु गाउँमा पहिरोले पुरेर घाइते अवस्थामा उद्दार गरिएकी ६० वर्षीया अतिरुपा थापा र उनकी नातिनी ९ वर्षीया चिरक थापाको स्वास्थ्य चौकी लग्दा लग्दै बाटोमा निधन भएको सोही गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार सोही गाउँपालिकाको अर्खलेबेसीमा आएको पहिरोमा परी २ जना वेपत्ता भएका छन् ।

हिमाल हाइड्रोको बाँध क्रस गर्न लागेको बेलामा आएको बाढीले बताउँदा २ जना मस्र्याङ्दी नदीका खसेर वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । उहाँका अनुसार वेपत्ता हुनेमा बलीराम चौधरी र लक्ष्मण थापा भन्ने जानकारीमा आएको छ ।
मस्र्याङ्दी गाउँपालिका– ४ स्थित बेसीशहर चामे सडक खण्डको रामबजारमा रहेको जितबहादुर गुरुङ सहित २ जनाको घर बुधबार दिउँसो ३ बजेको समयमा आएको बाडी पहिरोले बगाएको स्थानीय गंगामिलन माविका शिक्षक समेत रहनु भएका कामसार्की गुरुङले बताउनु भयो । उहाँका अनुसार जितबहादुरको घर यहिनेर थियो भन्ने सम्म अनुमान गर्न सकिन्छ, घरको नाम निसान छैन । त्यो घरसँगै रहेका बिनु गुुरुङ र दमै गुरुङको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी ताघ्रिङ घेर्मु बचत सहकारी संस्थाको ४ कोठे भवन पनि जोखिममा रहेको र त्यसँगै रहेको बलबहादुर गुरुङको टिपटप होटल पनि जोखिममा परेको उहाँको भनाई छ ।

 

बजारमा रोकी राखेको ३ वटा मोटरसाईकल कता पु¥यायो भन्ने अत्तोपत्तो भएन त्यस्तो त्यही रोकी राखेको एक ट्याक्टर ४० मिटर वति तल बगाएर अड्किएको अवस्थामा छ स्थानीय टिपटप होटलका प्रोपाइटर बलबहादुर गुरुङले बताउनु भयो ।

यस सम्वन्धान जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा यताको टोली बेसीशहर नगरपालिका– ६ स्थित बेलौती विसौनामा गएको पहिरो छिचोलेर माथि जान सक्ने अवस्था छैन जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले बताउनु भयो । उहाँका अनुसार त्यही क्षेत्रको बाहुनडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घट्नास्थलतर्फ जादै गरेको हुँदा खबर आउन बाकी छ ।

यसैविच, मस्र्याङ्दी गाउँपालिकाका विपद स्रोत व्यक्ति डिल्ली शर्माले सोही बाढी पहिरोका कारण २५ वटा बाख्रा समेत बगाएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्