मन्त्रालयका कामका विषयमा मुख्यमन्त्रीको चासो



हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयहरुले हालसम्म गरेका कार्यबारेमा जानकारी लिनुभएको छ । प्रदेश सरकार गठनपछि मन्त्रालयगत भएका कामहरुको विषयमा समिक्षा तथा छलफल गरिएको हो ।

प्रदेशका सात वटै मन्त्रालयले हालसम्म कानुन निर्माण, प्रदेशका मन्त्रालयहरुले हालसम्म बजेट खर्च गर्ने तयारीका विषयमा छलफल भएको हो । मुख्यमन्त्री पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सबै मन्त्री, नीति तथा योजना आयोग तथा मन्त्रालयका सचिवहरुको उपस्थितिमा प्रदेश सरकारले गरेका काम कारबाही, कानुन निर्माण, बजेट खर्च, योजना निर्माणका विषयमा छलफल गरिएको हो ।

बैठकमा मुख्यमन्त्री पौडेलले चालु आर्थिक वर्षमा सबै मन्त्रालयमा छुट्याएका बजेट खर्च गर्न र कानुन निर्माण गर्ने कार्यमा तदारुकता देखाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार मन्त्री केशब स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्