माग पूरा नगरेको भन्दै राष्ट्रिय नागरिक पार्टीको आपत्ति



काठमाडौं ।
बलात्कारी, भ्रष्टाचारी र देशद्रोहीलाई मृत्युदण्डको माग राख्दै १ बर्षअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई १५ बूँदे ज्ञापनपत्र बुझाएको राष्ट्रिय नागरिक पार्टीले माग पूरा नभएको भन्दै आपत्ति जनाएको छ । पार्टीले गत भदौ २७ गते सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पार्टी वरिष्ठ नेता सिद्धार्थ अधिकारीले आफूहरुले उठाएका माग जायज भएपनि सरकारले वेवास्ता गर्दै समयमा कानुन नबनाएकाले दण्डहीनता बढेको बताउनुभयो ।

‘सरकारले कडा कानुन नबनाएकाले समाज झन् विकृत बन्दै गएको छ, यो अवस्था भोलि झन् दर्दनाक बन्न सक्छ’ पार्टी संगठनको क्रममा बाँके पुग्नुभएका अधिकारीले भन्नुभयो । पार्टीले पछिल्लो समयमा बढिरहेका सामाजिक अपराधलाई सरकारले नियन्त्रण गर्न नसकेकोमा दुःख व्यक्त गरेको छ । ४० जिल्लामा पार्टी बिस्तार गरेको भन्दै अधिकारीले सरकार तथा स्थानीय तहले विभिन्न बहानामा लगाएको करको दर घटाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

भ्रष्टाचारको जरो सबैतिर फैलिएको भन्दै पार्टीले भ्रष्टाचारीलाई खोजीखोजी कारवाही गर्नेसमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्