प्रेस स्वतन्त्रताको विम्व कलमजीवीका हातमा हतकडी ?



काठमाडाैँ ।

प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ । तर केही समय यता राज्यसंयन्त्रनै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन “अधिनायकवाद उन्मुख” प्रवृत्तिको श्रृंखलालाइ पुष्टि गर्दै गएको छ । पत्रकार राजु वस्नेत माथिको आपत्तिजनक व्यवहारलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।

 

हामी राज्यको सार्वजनिक जवाफ चाहन्छौं – संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातामा हतकडी हो ? द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरु प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जिवित छ । तर बदलिएको परिस्थितिमा पनि पत्रकारहरुले निरन्तर पीडा भोग्नु परेको चित्र दुखद त छ नै अत्यन्तै गम्भिर पनि छ ।

 

नेपाली कांग्रेस पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न सरकारसंग माग गर्दै प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सचेत गराउन चाहन्छ । साथै, जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिल गर्दछौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

प्रतिक्रिया दिनुहोस्