गुल्मीमा तीजको रौनक फोटोमा हेर्नुहोस



अनिल खत्री, गुल्मी ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।
तिज पर्वको अबसरमा गुल्मीको सदरमुकाम तम्घास लगायत जिल्ला जिल्लाका बिभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भएका छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको हो ।

 


पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । महिलाहरु आज तिज सम्बन्धी गीत, गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।
तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु पोख्ने गर्दछन् । पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ ।

 


महिलाहरुले तिजको दिन भर बिभिन्न चोक तथा खेल मैदानहरुमा भेला भएका तिजका गीतहरु गएर मनाएका छन् । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मौदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ ।
पछिल्लो समयमा तिज आउनु भन्दा पहिले देखि नै दर खाने गीत गाउँने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्