५१ किलोग्राम अवैध सतुवा सहित दुई पक्राउ



किरन धामी, दार्चुला ।
दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान ५ बजेतिर भारतबाट महाकाली नदिबाट अवैध रुपमा नेपाल तार्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी नायव निरिक्षक राजेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगडबाट पक्राउ गरेको गुल्मपती भिमबहादुर चन्दले जानकारी दिए ।

 

पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय नरेन्द्र सिंह धामी र बझाङ्गका ४० वर्षिय हरे बोहरा रहेको उनले बताए । विहानै ५ बजेतिर अवैधरुपमा महाकाली नदि माथी डोरी लगाएर भारतबाट नेपाल तार्दै गरेको अवस्थामा उनिहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । बरामद गरिएको सतुवाको बजार मुल्य रु ३ लाख ६ हजार रहेको छ । बरामद अवैध सतुवा तथा पक्राउ परेका व्यक्तीलाई अपिनाम्पा सरक्षण क्षेत्र कार्यालयलाई बुझाएको गुल्मपति चन्दले जानकारी दिए ।

 

अवैध सतुवा सहित पक्राउ परेका दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कारबाही गरिने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख पशुपती अधिकारीले बताए । ऐन अन्तर्गत उनिहरुलाई १० हजार जरिवाना ६ महिना कैद वा दुवै सजाय हुने उनले बताए । पक्राउ परेका दुवै नियन्त्रणमा रहेका छन् ।…..

प्रतिक्रिया दिनुहोस्