साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सको खेल शुरु



काठमाडौँ ।
साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सको खेल शुरु भएको छ ।

 

नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यस पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य नेपालले बनाएको छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा अहिले नेपाली समय ३ः४५ बजेबाट शुरु भएको खेलमा नेपालको सुरुवाती एघार समूह चरणको अन्तिम बंगलादेशविरुद्ध खेलाइएको खेलाडी नै मैदानमा उत्रिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्