सुतिरहेका दिदीबहिनीको अनुहारमा तेजाब



रौतहट । चन्द्रपुर नगरपालिकामा घरमा सुतिरहेका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले तेजाब छर्किएको छ। मंगलबार राति दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिएको हो ।

घाइतेका बुवाका अनुसार राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरि ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको हो । घटनामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।

प्रहरीका अनुसार तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ। दुवै बोल्न सक्ने अवस्थामा छैनन् । चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई उपचार गर्न नसकेपछि थप उपचारका काठमाडौ रिफर गरेकोछ। प्रहरी नायब उपरीक्षक युवराज खड्काले तेजाब छर्किनेको खोजी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्