‘तीजलाई भड्किलो र खर्चिलो बनाउनु हुँदैन, मौलिकता जोगाउनु पर्छ’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याउनुभएको छ ।

तीज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलेभन्नुभएको छ, ‘महिला स्वतन्त्रताको इतिहास बोकेको पर्वलाई जोगाउनु पर्छ । तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले देशलाई एकताको सूत्रमा बाँध्ने विस्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्