सेप्टेम्बर ११ आक्रमण: ट्विन टावर ढाल्न अलकायदालाई १३ बर्ष लाग्यो



वासिङटन (एजेन्सी)
१७ बर्ष पहिला, सेप्टेम्बर ११ मा सम्पुर्ण विश्व इस्लामिक कट्टरपन्थी संगठन अलकायदा र उसको नेता ओसामा बिन लादेनको आतंकबाट काँपेको थियो । त्यो दिन न्युयोर्क सहरको ट्विन टावर वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएका आत्मघाती हमलालाई विश्व इतिहासकै सबैभन्दा भयानक आतंककारी हमला मानिएको छ ।

यद्यपी सन् २००१ सेप्टेम्बर ११ मा भएको यो विध्वंसकारी घटनाको प्रारब्ध भने सन् १९८८ मा सुरु भएको थियो । अलकायदाको हालै मात्र प्राप्त दस्तावेजहरुलाई मान्ने हो भने सन् १९८८ मा पाकिस्तानको पेशावरमा ओसामा बिन लादेन बसेका घरमा उसका विशेष ९ सहयोगीको बैठक भएको थियो । उक्त बंैठकमा नै अल–कायदा नाम तय भएको थियो जसको अरबी भाषामा ‘आधार‘ भन्ने अर्थ हुन्छ ।

यही संंगठनले नै पछि विश्वको सबै भन्दा खतरनाक आतंककारी घटनालाई जन्म दिए र कयौं ठुला आतंककारी घटनाबाट विश्वभरी त्रासदीको वातावरण खडा गरे । वास्तवमा उक्त संगठनको गठनको उद्देश्य अमेरिकालाई बर्बाद गर्नु थियो । अमेरिकाको ट्विन टावर आक्रमण ढाल्न अलकायदालाई १३ बर्ष लाग्यो । यो एक प्रकारले भयंकर ठुलो योजनालाई नतिजा सम्म पुर्याउन सफल घटना थियो ।

अलकायदाको रिकर्ड अनुसार सन् १९८८ सेप्टेम्बर १० मा उक्त संगठनको एक प्रकारले औपचारिक जन्म भएको हो । अमेरिका विरुद्ध विश्वब्यापी युद्धको घोषणा गर्दै २० बर्ष पहिला उक्त संगठनले केन्या र तान्जानियामा अमेरिकी दुताबासमाथि हमला गरेका थिए । जसमा २ सय २४ जनाको मृत्यु भएको थियो । उसैले १७ बर्ष पहिला ‘सेप्टेम्बर ११ आजकै दिन ‘ उक्त इस्लामिक कट्टरपन्थी संगठनले अहिलेसम्मकै सबैभन्दा भयानक आतंककारी हमला गरेका थिए ।

अमेरिका र विश्व भरी सेप्टेम्बर ११ को कट्टरपन्थी हमलापछि धेरै सरकार परिवर्त भइसहेको छ । यद्यपी अल कायदा विगत १७ बर्षमा अमेरिकी सुरक्षा भेदन गर्न असफल रह्यो र अर्को ठुलो आक्रमण गर्न सकेन । उक्त हमलापछि अमेरिकी सन्चारमाध्यमहरुमा यदि विश्व आतंकवादर्ला गम्भिरता पुर्वक लिएको भए घटना अगाडी नै त्यस प्रकारका आतंककारी घटनालाई रोक्न सक्ने समाचार सामाग्री प्रकासित भएका थिए ।

यद्यपी विगत १७ बर्षमा अमेरिकाले अर्बौं डलर आतंकवादसँग लड्न र देशको सुरक्षा ब्यवस्थालाई अत्याधुनिक बनाउनमा खर्च गरेको छ ।
पाकिस्तानमा ओसामा बिन लादेनको हत्या र संगठनको आफनै कमजोरीका कारण अहिले अल कायदाको शक्ती अत्यन्त कम भएको छ । यद्यपी सिरिया र इराकमा आइएसका ठेगानलाई नष्ट पार्न अमेरिका पुरै बल लगाइरहेको छ ।

आइएसका लडाकुहरुलले यस अवधीमा ब्यक्तिगत रुपमा केही अमेरिकी नागरिकलाई निसाना बनाएकै भएपनि अमेरिकाकै भुमी भित्र कुनै आतंककारी हमला गर्न सकेको छैन । विगत केही बर्षमा आईएसको शक्ती पनि कमजोर भएको छ ।

प्रतिक्रिया दिनुहोस्