अमेरिका: कावर्न रहित उर्जा



सानफ्रान्सिस्को,(एजेन्सी)
अमेरिकाको क्यालिफोर्निया राज्यले आगामी सन् २०४५ सम्ममा कार्वन रहित बिद्युतिय सामग्रीहरुको प्रचु प्रयोगगर्ने बारे कानुन पारित गरेको छ । यो कानुन राष्ट्रपति डोनाल्ड ट्रम्पको उर्जा नीति विपरित रहेको छ ।

क्यालिफोसर्नियाका गवर्नर जेर्री ब्राउनले यस कदमको महत्वलाई वेवास्तानगरिने र सन् २०१५ को पेरिस जलवायु सम्झौताको पुर्ण सम्मान र पालना गरिने बताएका छन् । गत वर्ष ट्रम्पले आफुले अमेरिकालाई उक्त सम्झौताबाट अलग्याएर अमेरिकालाई पायक पर्ने गरी नयाँ सम्झौताका लागि पहल गर्ने बताएका थिए । हवाइ पछि यो नीती लिने क्यालिफोर्निया दोश्रो राज्य हो ।

प्रतिक्रिया दिनुहोस्