मासिक ११ हजार किस्तामा सवारी, ५० वर्षे घरजग्गा कर्जा



नेपाल समाचारपत्र, काठमाडौं
एनआईसी एसिया बैंकले चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा ल्याएको छ ।

बैंकले चमत्कारिक सवारी कर्जाअन्तर्गत एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पँर्ण ग्राहकले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् ।

यस कर्जा योजनामा तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि, अति न्यँन मासिक किस्ता रकम (सवारीको मँल्यअनुसार मासिक ११ हजार रुपियाँबाट किस्ता रकम शुरु हुने), आंशिक अथवा पँर्ण रुपमाबिना कुनै शुल्कपँर्व भुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिक ब्याजदर शँन्य दशमलव ९ प्रतिशत रहेको छ ।

एनआईसी एसिया बैंककोे चमत्कारिक कर्जा योजना

त्यस्तै चमत्कारिक घर जग्गा कर्जाअन्तर्गत एनआईसी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार भन्ने नाराका साथ एनआईसी एसिया बैंकले घर जग्गाकर्जा योजना ल्याएको छ ।

यस कर्जा योजनामा आम्दानीअनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि,आंशिक अथवा पँर्ण रुपमा विना कुनै शुल्क पँर्व भुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने रहेको छ ।

त्यस्तै कर्जा रकम घटाई नयाँ किस्तार भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर शँन्य दशमलव ९ प्रतिशत, प्रशासनिक सेवा शुल्कमा विशेष छुट, आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने सुविधा रहेको छ ।

दुवै चमत्कारिक कर्जा योजना बैंकको २४४ वटै शाखा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको वासलातको आकार १८८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५९ अर्ब तथा कर्जा १३२ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्