प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)
प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत

सञ्चित बज्राचार्य तथा नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधि उपचार बीमा गराउने ग्राहकले नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भई औषधि उपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्