सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा



काठमाडौं, (नेस) मेगा बैंक नेपालले सुनसरीको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक विवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादवले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।

नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिनुभयो ।

मेगा बैकका विराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायीहरु लाभान्वित भएको बताउनुभयो । उहाँले स–साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्