हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २००आर’ आयो



काठमाडौं, (नेस)
हिरो मोटोकर्प, विश्वमै २ पाङ्ग्रे सवारी साधनको सबैभन्दा ठँलो निर्माताले आफ्नो नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’लाई नेपाली बजारमा आएको छ ।

प्रविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप आफ्नो पछिल्लो मोटरसाइकलको बिक्री वितरण कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको हो ।

एक्स्ट्रिम २००आरको विशेष मँल्य २ लाख ८६ हजार ५०० रुपियाँ रहेको कम्पनीले जनाएको छ । यो मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलर कहाँ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बाइक चलाउँदा रोमाञ्चक हुनुको साथै चालक तथा यात्रुको सुरक्षालाई महत्व दिएको छ र यसका लागि मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एन्टी–लक ब्रेक सिस्टम जडान गरिएको छ ।

एक्स्ट्रिम २००आरमा एकदम नयाँ प्रणालीको बीउस आईभी २०० सीसी एयर कुल्ड इन्जिन रहेको । ८००० आरपीएममा १८.४ पीएसको अधिकतमशक्ति र ६५०० आरपीएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।

जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ । यो बाइकले ४.६ सेकेण्डमा ०–६० किमि÷घण्टाको दौड गर्न सक्छ र यस्को गति उच्चतम विन्दँ प्रतिघण्टा ११४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्