१३औं नाडा अटो शो शुरु, व्यापारघाटा कम गर्नका लागि विद्युतीय सवारी साधनमा जोड



नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले ऋणमा आधारित उपभोग नभई आम्दानीमा आधारित उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार राजधानीमा शुरु भएको १३औं नाडा अटो शोको उद्घाटन गर्नु हुँदै अर्थमन्त्री खतिवडाले ऋण लिएर गाडी चढ्ने नभई आफँले कमाएर खरिद गर्न सक्ने क्षमता भएपछि मात्र खरिद गर्नुपर्ने सुझाव दिनुभएको हो ।

आफँले कार्यक्रमको माहोल हेरेर व्यापारीलाई खुशी पार्नकै लागि उनीहरुको भावनाअनुसार अभिव्यक्ति नदिने भन्दै स्पष्ट पार्नुभएका अर्थमन्त्री खतिवडाले ऋण लिएर गाडी चढ्दा त्यसले न व्यक्तिलाई फाइदा गर्ने र न त देशलाई नै फाइदा गर्ने बताउनुभयो ।

‘आफ्नो कमाई हेर्नुस्, आवश्यकता हेर्नुस् र नगदै तिर्न सक्ने क्षमता भएपछि मात्रै गाडी चढ्नुस् ।’–उहाँले भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले बोल्नु अघि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नाडा शोका बेला विभिन्न कम्पनीले थरीथरीका सवारी साधन ल्याउने तथा उपभोक्तालाई किनौं किनौं बनाउने धारणा राख्नुभएको थियो ।

श्रेष्ठ बोलिरहँदा नै मञ्चमा बसिरहेका अर्थमन्त्री खतिवडाले ‘सक्नेले पो किन्छन् नसक्नेले कहाँबाट किन्नु’ भन्दै प्रतिक्रिया दिनुभएको थियो । खतिवडाको उक्त अभिव्यक्तिपछि श्रेष्ठले सवारी साधन अहिले सबैको आवश्यकता भएको र सक्नेले पनि वर्षेनी सवारी साधन फेर्न गाह्रो नै पर्ने भन्दै ठट्यौली शैलीमा आफ्नो बचाउ गर्नुभएको थियो ।

नाडा अटो शोमा आफँले बोल्ने क्रममा पनि अर्थमन्त्री खतिवडाले सवारी साधन बजारमा बढी खपत हुँदा राजस्व र आयकरमा वृद्धि भए पनि समग्र वैदेशिक व्यापारघाटा भने बढ्दै जाने बताउनुभएको थियो ।

‘हामी राजस्वमा निर्भर अर्थतन्त्र भएको मुलुक हौं । सरकार सञ्चालनका लागि राजस्व बढी उठाउनैपर्ने बाध्यता छ । तर त्यसको अर्थ यो होइन कि हामी सधै यहि अवस्थाबाट गुज्रिनुपर्छ । हामी बिस्तारै राजस्वमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रबाट जानु आवश्यक छ ।’ खतिवडाले भन्नुभयो ।

खर्बौ रुपियाँ बराबरको सवारी साधनको आयात र सवारी साधनसँगै सम्बन्धित इन्धनको आयातका कारण व्यापारघाटा बढेकोप्रति इंगित गर्दै उहाँले मुलुकभित्रै उत्पादन तथा विद्युतीय सवारी साधनमा बढी जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सवारी साधनका अधिकांश उपभोक्ताले आफ्नो आम्दानीको क्षमता भन्दा पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ३५ प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले सवारी साधनका नक्कली पार्टपँर्जाहरुको आयातमा कडाई गर्ने पनि बताउनुभयो । भन्सार क्ष्ँेत्रमा कमजोर प्रशासनका कारण चोरी पैठारी भएर आउने सामानमा कडाई गर्ने तथा भन्सारकै कर्मचारीले व्यापारीलाई बढी राजस्व तिराउने गरेको भन्ने विषयमा सरकार गम्भीर भएर काम गर्ने खतिवडाको भनाइ छ ।

अटो मोबाइल्स क्षेत्रले मुलुकको राजस्वमा १५ प्रतिशत योगदान दिएको भन्दै उहाँले त्यस क्षेत्रको विकासमा सरकार संवेदनशील रहेको बताउनुभयो । करको दर घटाएर मुलुकको आर्थिक विकास गर्ने सिद्धान्त अर्थशास्त्रमा कहीँकतै नभएको भन्दै करको दर कम बनाएर बढी राजस्व संकलन गर्न नसकिनेसमेत स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष भवानी राणाले स्थिर सरकारबाट निजी क्ष्ँेत्रले ठँलो अपेक्षा गरिएको भए पनि सात महिना अवधिसम्म पनि कुनै नतिजामुखी काम गर्न नसकेको बताउनुभयो । मुलुकको व्यापारघाटा कम गर्नका लागि विद्युतीय सवारी साधनको बढावा दिनुपर्ने विषयमा सरकार नै जानकार भए पनि चार्जिङ स्टेसनलगायतका पँर्वाधार निर्माणका ध्यान दिन नसकेको बताउनुभयो ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले अटोमोबाइल्स क्षेत्रबाट बढी राजस्व संकलन गर्ने मात्रै नभई मुलुकको अर्थतन्त्रलाई गति दिन पनि यातायात पँर्वाधार आवश्यक रहेको बताउनुभयो । ‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी साधनको आयात घटेको छ ।

बैंक तथा वित्तीय क्षेत्रले गर्ने लगानीमा कमी आएका कारण पनि कम मात्रामा सवारी साधन भित्रिएको हामीले महशुस गरेका छौं ।’ दाहालले भन्नुभयो । अटोमोबाइल्स क्ष्ँेत्रमा ठँलो बजार स्थापित भईसकेका कारण यसलाई सरकाले बेवास्था गर्ने अवस्था नरहेको उहाँको तर्क छ । दाहालका अनुसार यसैवर्षदखी नाडाले वार्षिक ६ हजार मेकानिकहरुका लागि तालिम दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्