२१ सयले न्याय कि अन्याय ?



केही दिनअघि गोरखामा प्रहरीले १० किलो सुनसहित दुई जनालाई समातेर चर्चामा आएका सिर्दीबास प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक तुलबहादुर सेनलाई २१ सय रुपियाँले पुरस्कृत गरेछन् । पहिला पाँचवटा बिस्कुट दिन्छु छोडिदेऊ भन्दा पनि मानेनछन् ती प्रहरी ।

त्यसपछि भएन अब यसलाई आफ्नो ज्यानै खतरामा हुन्छ जसरी पनि फकाउन प¥यो भन्ठानेर ती भरियाले दशैवटा बिस्कुट दिन्छौं हामीलाई छोडिदेऊ भनेछन् । केके नै पाउँला खाउँला झैं गरेर बिचरा सई सापले आफू राष्ट्रसेवक प्रहरी भएको देखाउन पनि केही नलिई उनीहरुलाई समातेरै छाडे । २९ वर्षदेखि निरन्तर निःस्वार्थ भावले देशको सेवा गरे ।

तर यिनको बुद्धि देख्दा धरहरालाई टिठ लाग्यो भन्या । कमसेकम एक तोला बराबरको रकमले त पुरस्कृत गर्नुपथ्र्यो भन्ने धरहराको सुझाव छ । आखिर काठमाडौं पु¥याउने भरियालाई नै ५० हजार त सुन धनीले दिन्छु भनेकै थियो ।

भरियाको तुलनामा सई सापले पाएको रकम हात्तीको मुखमा जिरा जस्तै भयो भन्ने धरहराको ठम्याइ छ । अनि कसरी अब यिनले आफ्नो मनोबल उच्च राखेर राष्ट्रसेवा गर्लान् खै ?

यिनको ठाउँमा अरु प्रहरी भएको भए के गर्थे होला ?
३३ किलोका धनी गोरेको चर्चा सेलाएको बेलामा गुपचुप रुपमै १० किलो खाएको भए पनि कसको बाउको के तागतले छुन्थ्यो र ? सबै प्रहरीको दुर्गम जाने मोह पनि बढ्थ्यो । सई सापलाई २१ सयले न्याय भयो कि अन्याय धरहराले ठम्याउनै सकेन, यसो केही भए सुझाव पाऊँ है ।

प्रतिक्रिया दिनुहोस्