पुष्पसदन र रिलायन्स च्याम्पियन



काठमाडौं, (नेस)
पुष्पसदन र रिलायन्सले २५ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल उपाधि मंगलबार जितेका छन् । पुष्पसदन ब्वाइज र रिलायन्स गल्र्समा च्याम्पियन बने ।
ज्ञानोदय बाल वाटिका स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा पुष्पसदनले श्रीदिवालाई ५७–३६ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सन्जिव बोहराले २१ अंक योगदान गरे । श्रीदिवाका सञ्जय नेपालीले २३ स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

खोकनामा भएको गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन रिलायन्सले इनोभेटिभलाई ३४–२० ले हराउदै उपाधि रक्षा ग¥यो । रिलायन्सकी कविता श्रेष्ठले १३ स्कोर गरिन् । इनोभेटिभकी समन्ता थापाले १४ अंक जोडिन् ।

ब्वाइजमा पुष्पसदनका निशान महर्जन तथा गल्र्समा रिलायन्सकी आरती राउत ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् ।

प्रतिक्रिया दिनुहोस्