‘पत्रकारिता र मेडिकल क्षेत्र ध्वस्त पारे तानाशाह’



गुल्मी, (नेस)
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्र ध्वस्त तानाशाह आउने बताएका छन् । मंगलवार नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारे एकलौटी र ताना शाहा प्रतिबृति आउने बताएका हुन् ।

गुल्मीबाट धेरै मन्त्री भएकाले मेडिकल क्षेत्र र पत्रकारिता क्षेत्रलाई छुन हुन्न भन्नूस् भण्डारीले पत्रकारलाई भने,‘मिडियाले सहि सत्य तथ्य भूमिका खेले जिवनमा प्रचार गर्न नसकेका कुराहरु बाहिर ल्याउन सकिन्छ ।’ पत्रकार बिना नेता चल्न सक्दैन् र नेता बिना पत्रकार पनि चल्न सक्दैन् भण्डारीले भने, ‘हामीले समाचार उत्पादन गर्दछौ र पत्रकारले समाचार लेख्छन् ।’

सत्ता पक्ष प्रति खनिएका नेता भण्डारीले पत्रकार मार्फत सरकारका मन्त्रीहरुलाई भने,‘तपाईहरुले भन्दीनुस् लेख्निुस् चन्द्र भण्डारीले गुल्मीको कार्यक्रममा चुनौति दियो हामीहरुको पालामा ल्याएको बजेट पाँच वर्ष सम्म ल्याउनु हुनुन्छ भने रिडीमा म फुलमाला लगाउन उभिन्छु भनेर चुनौति दिए भन्नुस् ।’ सरकार पक्षका मन्त्रीलाई चुनौति दिए भनेर रिसाउन हाल्नुस् उनले,‘भने रिसाउन हाले बजेट आउथ्यो कि ।’

उनले भने हाम्रो पालामा जस्तै बजेट अहिलेका मन्त्रीले पाँच वर्ष सम्म ल्याउनुस आजिवन सभासद दिन्छौं । धनि जति सबै बुटवल जान्छन् नेता भण्डारीले भने, ‘धनि पत्रकार पनि बुवटवल तिर जान्छन् गरिव जति यहि बस्नेहरुले नेताहरुको पुच्छर बनेर लेख्नेछन् ।’ नेतृत्वलाई नसच्चाए गरिव तथा गुल्मेलीहरुले पछुताउनु पर्नेछ ।’

मिडियालाई कुन बाटोमा लैजाने हाम्रो दायित्व हो उनले भने,‘नेपालको नेतृत्वको कम्जोरी अबस्था आयो राजनैनित देखि लिएर हरेक नेतृत्व कम्जोर छ ।’ सत्ता पक्ष प्रति कडा प्रतिपाद गर्दै भण्डारी बर्तमान मन्त्री नेतृत्व ठूला कुरा बोल्ने काम सिन्को नभाच्ने गरि अघि बढेको आरोप लगाएका छन् । गुल्मी सदरमुकाम तम्घासमा सुरु भएको अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्