राष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजका अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको सन्देशमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उहाँको शुभकामनामा उल्लेख छ । राष्ट्रपति भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्