कामना फिल्म अवार्डस्को मनोनयन सूची सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं । नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणको मनोनयन सूचि सार्वजनिक गरेको छ।

अवार्डको निर्णायक मण्डलले २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिकरुपमा प्रदर्शनमा आएका चलचित्र अवलोकन गरी तयार पारेको उत्कृष्ट ५ मनोनयनको सूचि सार्वजनिक गरिएको हो।

३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्।

त्यसै गरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन्।

मनोयन सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ। यो चलचित्र निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगारको लागि मनोयनमा परेको छ। यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदर घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन्।

छक्का पञ्जा २ लाई पछयाउँदै कृ १३ र ए मेरो हजुर–२ बाट ११ विधाको मनोयनमा परेका छन्। कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर–२बाट नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ।

छक्का पञ्जा १५, कृ १३, ए मेरो हजुर ११ र लिली बिली १० विधामा

त्यसै गरी लिलीबिली १० विधाको मनोनयमा परेको छ । यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, नव अभिनेत्री, पटकथा, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण र नृत्य निर्देशक विधाको मनोनयमा परेको छ। शत्रु गते र मंगलम ९÷९ विधाको लागि मनोनयनमा परेका छन्।

शत्रु गते सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, हास्य कलाकार, सहअभिनेता, पटकथा, संवाद, पाश्र्वगायक र पाश्र्वगायिकाको मनोनयमा परेको छ भने मंगलम निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद संगीतकार, पाश्र्व गायक, पाश्र्वगायिका र नृत्य निर्देशक विधाको मनोनयमा परेको छ।

चलचित्र संरक्षण र भुईंमान्छे ७÷७ विधाको मनोयनमा परेका छन्। संरक्षणबाट नव निर्देशक, सहअभिनेता, खलपात्र, द्वन्द निर्देशक, गीतकार, पाश्र्वगायक र ध्वनि मिश्रणका लागि मनोनयमा परेको छ भने भुईंमान्छेबाट नव निर्देशक, नवअभिनेत्री, बालकलाकार, कथा, पटकथा, संवाद र श्रृंगार विधाको मनोनयमा परेको छ । चलचित्र ब्लाइन्ड रक्स ६ विधा तथा घामपानी, पिंजडा व्याक अगेन, ऐश्वर्य र म यस्तो गीत गाउँछु ५÷५ विधाको मनोयनमा रहेका छन ।

ब्लाइन्ड रक्सबाट सर्वोत्कृष्ट चलचित्र, अभिनेत्री, कथा, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशन विधाका लागि मनोनयमा परेको छ भने घामपानीबाट सर्वोत्कृष्ट चलचित्र नव निर्देशक, अभिनेता, कथा र श्रृंगार विधाको मनोनयमा छ।
पिंजडा व्याक अगेन अभिनेत्री, खलपात्र, बालकलाकार, द्वन्द निर्देशक र गीतकारको लागि मनोनयमा छ भने ऐश्वर्यबाट नवअभिनेत्री, खलपात्र, गीतकार, संगीतकार र पाश्र्वगायक विधाको मनोनयमा परेको छ । त्यसै गरी म यस्तो गीत गाउँछुबाट हास्य कलाकार, छायांकार, पाश्र्व संगीत, पाश्र्वगायक र पाश्र्वगायिका विधाको लागि मनोयनमा परेको छ।

चलचित्र पञ्चायत, दुई रुपियाँ र ग्याङस्टार ब्लुज ४÷४ विधाको मनोयनमा परेका छन्। पञ्चायतबाट अभिनेत्री, कथा, संवाद र श्रृंगार, चलचित्र दुई रुपियाबाट हास्य कलाकार, संगीतकार, पाश्र्वगायिका र नृत्य निर्देशक तथा ग्याङस्टार ब्लुजबाट नव अभिनेता, सहअभिनेत्री, द्वन्द निर्देशक र गीतकार विधाको मनोयनमा छ।

त्यसैगरी चलचित्र शेरबहादुरबाट ३, कान्छी, भ्mयानाकुटी र आधा लभबाट २÷२ तथा नाका, लभ लभ लभ, रानी र रुद्रबाट १÷१ विधाको मनोनयमा परेका छन्। यस वर्षको अवार्ड अन्र्तगत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तीव्र प्रतिस्पर्धा तथा बराबरी अंकका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिरपाली रुद्रबाट नव अभिनेत्री र पिंजडा व्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन् । त्यसैगरी कोरियोग्राफर कविराज गहतराज ४वटा फिल्मबाट उत्कृष्ट ५ को मनोनयमा परेका छन्।

सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यता बमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिने छ।

त्यसैगरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिने भएको छ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिने छ। उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट विजेता चयन गरिने भएको छ।

चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताउनुभएको छ । अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् नेपाली चलचित्र क्षेत्रको मानक अवार्ड हुँदै गएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्