नेपाल प्रहरीको एआइजीमा पुष्कर कार्की, ठूले रार्इ र धिरू बस्नेत सिफारिस



काठमाडाैँ । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा ३ जनाको नाम सिफारिस गरेको छ।

मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले तीन जना डिअाइजीलार्इ एअाइर्जीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो। अब तीन जनालार्इ मन्त्रीपरिषद्ले बढुवाको निर्णय गरेपछि पदस्थापना हुनेछ ।

 

पछिल्लो पटक नेपाल प्रहरीमा जम्मा तीन जनामात्रै एअाइजीको व्यवस्था गरिएको छ भने यसपटक तीन जनाका लागि पाँच जना प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्