नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी सञ्चालनमा



चितवन ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड १८ घण्टापछि एकतर्फी संचालनमा आएको छ ।

विहान १ः३५ बजेदेखि अवरुछ बनेको सडक खण्ड आज साँझ ६ः४० बजेदेखि संचालनमा आएको छ । चार किलो भन्ने स्थानमा खसेको पहिराे एकतर्फी खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । यसअघि १७ किलो, घुमाउने लगायतका स्थानमा खसेको पहिरो सबै हटाईएको थियो ।

रातीदेखि नै सडक अवरुद्ध भएका कारण सवारी चापले गर्दा लेन अनुसार अघि बढ्न सवारी चालकहरुलाई आग्रह गरिएको प्रवक्ता डिएसपी ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्