नगरप्रमुखको मनोमानी विरुद्ध उपप्रमुखले गरे पत्रकार सम्मेलन



सीताराम अधिकारी, धादिङ ।
सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले मनोमानी ढंगले एकलौटी रुपमा काम गरेको आरोपमा उपप्रमुख मनराज भण्डारीले मंगलबार पत्रकार सम्मलेलन गरि अनियमितता हेरेर बस्न नसक्ने बताउनुभयो ।

नगरप्रमुख भिमप्रसाद ढुंगानाले एकलौटी रुपमा निर्णय गर्ने र योजनाहरु कुनै निर्णयविनानै लागु गर्न थालेपछि आफूहरु जनताको प्रतिनिधिभएकोले जनताको लागि आबाज उठाएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

 

नेपाली काग्रेसको टिकट लिएर विजयी भएका नगरप्रमुख ढुंगानाले पटक पटक नगरकार्यपालिकाका सदस्यहरुलाई बाइपास गरेर निर्णयहरु गर्ने र योजनाहरु समेत तोक आदेशको भरमा लागु गर्न थालेपछि रुष्ट बनेका वडाअध्यक्षहरु समेत उपप्रमुख भण्डारीको पक्षमा देखिएका छन् ।

नगरप्रमुख ढुंगानाले नेकपा माओवादी र नेकपा एमाले पक्षधरहरुले जितेको वडाहरुमा योजनाहरु समेत नगरप्रमुखले तोकआदेशको भरमा बनाउने र वडालाई बाइपास गरेर योजना समेत सम्पन्न गर्ने गरेको वडाअध्यक्षहरुको आरोप छ ।

 

निलकण्ठ नगरपालिका वडा नं. १२ को बिन्दुकेशरी वृद्धाश्रमको ५ लाख, वडा न.ं २ को केराबारी सडकमा ५ लाख, चिसापानी खानेपानी ८० हजार, वडा न.ं ११ को विष्टगाउँ भगेरी सडक १ लाख रुपैयाँ पार्टी कार्यकर्तामार्फत काम गराइ वडामा समेत जानकारी नदिइ योजना समेत फरफरक गरिएको छ । यस किसिमका धेरै योजनाहरु तोक आदेशले नगरकार्यपालिकामा समेत निर्णय नगरि काम गरेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा जनताको काम गर्न आफूहरु सँधै प्रतिवद्ध रहेको बताउनुभयो ।

 

वडाहरुमा संचालित योजनाहरु असार ११ र १२ गते सम्पन्न नगरसभामा नगर प्रमुख ढुंगानाले ३३ ओटा निर्णयहरु आफूखुसी निर्णय लेखि रातो किताबमा समेत प्रकाशन गरेपछि नीलकण्ठ नगरपालिकाभित्र अनियमित रुपमा निति विपरित काम भएका भन्दै कार्यपालिकाका १० जना सदस्यले कडा आपत्ती जनाएर पत्रकार सम्मेलन गरेका हुन् । नगरसभामामा निर्णय हुनका लागि वडातहमा छलफल भइ आएको विषयहरुलाई नगर कार्यपालिको बैठकमा छलफल गरेरमात्र नगरसभामा लानु पर्ने प्रावधान भएपनि नगरप्रमुख आफैले जबरजस्ती ३३ ओटा निर्णयहरु गराएको उपप्रमुख भण्डारीले पत्रकारसम्मेलनमा बताउनुभयो ।

 

नगर कार्यपालिकाको बैठकको विषयमाथी छलफलनै नगर बैठक स्थगित भएको साउन ३० गतेको बैठकमा निर्णहरु समेत गरि नगरप्रमुखले माइनुट प्रमाणित गरेको खबरपाएपछि बैठकको निर्णगहरुप्रति असहमति सममेत राख्न नदिइ आफूहरुलाई लोकतान्त्रिक अभ्यास समेत गर्न नदिएको असन्तुष्ट वडाअध्यक्षहरुको भनाइ छ ।

स्थानीय सरकार संचालन ऐनमा नगरकार्यपालिका बैठकको माइनुट प्रमाणित गर्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई तोकिएको भएपनि नियम विपरित नगरप्रमुखले नगरपालिकाको माइनुट प्रमाणित गर्दै आएका छन् ।

 

नगरपालिकाको कुनै पनि वडामा संचालन गरिएको योजनाहरुको संझौताको सिफारिस र कार्यसम्पन्न सिफरिस वडा कार्यालयले दिनु पर्नेमा नगरप्रमुख ढुंगानाले आफैँले योजना फरफरक गर्नका लागि नगरपालिकाकाले आफैँ वडालाई जानकारी विना नै योजनाहरु समेत संचालन हुने गरेको छ ।

 

नगरकार्यपालिकाको बैठकमा वडाअध्यक्षहरु सहभागि भएपछि छलफलका विषयहरु माग गर्दा पहिले बैठकको माइनुटमा सहि गरेपछि मात्र छलफलका विषयहरु जानकारी दिने र छलफलका विषहरुमात्र माइनुट गर्नु पर्ने अडान राख्दा आफूहरु बैठक छाडेर बाहिर जान समेत धम्की दिनेगरेको वडा अध्यक्ष उद्धब रिजालले बताउनुभयो ।

 

शिक्षा एन विपरित २५ विद्यालयमा व्यवस्थापन समिति गठनका लागि नगरप्रमुखले एकलौटी रुपमा विद्यालयभन्दा असम्बन्धीतलाई नियुक्त गरेको, तारजाली समेत वितरण गर्दा दुई ओटा वडामा मात्र वितरण गर्ने निर्णय गरेको बाँकी आबस्यकता अनुसार भनि नगरप्रमुखले मनोमानी गर्न लागेको, कर्मचारी पदपूर्ति गर्दा पदपूर्ति समिति गठन गर्दा प्रकृया नपुर्याएको, नगरप्र्मुख विदेश भ्रमणमा जाँदा समेत उपप्रमुखलाई कार्यवाहकको रुपमा जिम्मेवारी नदिएको असन्तुष्ठ वडाअध्यक्षहरुले आरोप लगाएका छन् ।

 

नगरप्रमुख ढुंगाना नेपाली काग्रेसको तर्फबाट टिकट लिएर विजयी भएका हुन् भने उपप्रमुख भण्डारी तत्कालिन एनेकपा माओवादीको तर्फबाट टिकट पाएर विजयी भएका छन् । १४ ओटा वडा रहेको निलकण्ठ नगरपालिकामा ८ वडा नेकपा समर्थकले विजय हासिल गरेको छ भने ६ वडामा नेपाली काग्रेस समर्थकले विजय हासिल गरेका छन् । कार्यपालकामा नगरप्रमुख ढुंगाना बहुमता भएकोले एकलौटी निणयहरु गर्ने गरेको आरोप उपप्रमुख भण्डारीको छ ।

प्रतिक्रिया दिनुहोस्