बैतडीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाईएको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोल्पाको सुलिचौर बजारमा तरुण दलका नेताको हत्या गरेको बिरोधमा नेपाल तरुणदल बैतडीले सदरमुकाममा गोठलापानीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुन माथी भदौ २३ गते गोलि प्रहार गरि निर्मम तरिकाले हत्या गर्नेलाई कारवाहिको माग गर्दै बैतडी सदरमुकाम गोठलापानीमा विरोध र्याली,कोणसभापश्चात पुत्लादहन गरिएको नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

 

सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले उक्त अपराधिक घटनामा संलग्न रहेकोले दोषीमाथि कडा कार्वाहीको माग गर्दै प्रर्दशन गरिएको उनले बताए । सुलिचौर घटनाको घोर भत्र्सना गर्दै तरुणदल नेता पुनका हत्यारालाई कारवाहि नभए थप कडा आन्दोलनमा उत्रिने समेत जनाईएको छ । उक्त घटनाको बिरोधमा नेपाल तरुण दलले आज देशैभरी बिराध प्रदर्शन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्