पोष्टर, फ्लेक्स होडिङ्वोर्डका कारण वातावरण प्रदुषित



सरोज यादव, विराटनगर ।
पछिल्लो समयमा वातावरण र त्यसको संरक्षणको मुद्दा पेचिलो वन्दै गएको छ । वातावरण जोगाउने नाममा राज्यको बर्सेनि अरवौ वजेट खर्च भएपनि ती सबै बालुवामा पानी हालेसरह हुँदै आएका छन् । मोरङको बेलबारीमा पूर्व पश्चिम लोकमार्गको दुवैतर्फ टाँगिएका पोष्टर, फ्लेक्स होडिङ्वोर्ड तथा तुलहरुले गर्दा वातावरण प्रदुषित हुँदासमेत सरोकारवाला पक्ष भने वेखवर जस्तै देखिएका छन् ।

पुर्व पश्चिम राजमार्गको यात्रा गर्दा प्राय सबैतिर यस्तै दृश्य देख्न सकिन्छ । सडकका दुवै पट्टिका विजुलीका पोलहरु यस्तै पोष्टर पम्प्लेट, होडिङवोर्ड तथा राजनैतिक पार्टीका झण्डाले भरिएका छन् । पोल मात्र नभएर सडकका दायाँ बायाँ रोपिएका रुखहरुको पनि उस्तै दुगर्ति देखिन्छ । ती रुखहरु फेददेखि लिएर हाँगासम्म पनि त्यस्तै पोष्टरले भरिएका छन् ।

यतिसम्म कि निर्वाचनताका टाँगिएका राजनैतिक पार्टीका झण्डा, व्यानर तथा फ्लेक्स समेत अझैसम्म निकालिएका छैनन् । बेलबारी नगरपालिका वार्ड नं २ को लालभित्ती चोकमै लामो समयदेखि टांगिएका तुल तथा फ्लेक्स हटाइको छैन । यो स्थान वडा कार्यालयकै सामुन्नेमा पर्छ । यो फ्लेक्ससहितको तुल निर्वाचन ताका टाँगिएका हुन् । नगरपालिकाका कर्माचरी तथा जनप्रतिनिधिहरु दिनहुजसो यहि तुल तथा व्यानरको मुनिबाटै हिँड्छन तर पनि यसतर्फ ध्यान गएको छैन ।

वडाध्यक्ष बेलबारी वडा नम्बर २ लालभित्तिका वडाध्यक्ष घनश्याम गौतमले यो काम प्रहरी प्रसाशनको भएको वताईरहँदा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख रामकुमार राई भने नगरलाई सफा राख्ने काम नगरपालिकाकै भएको जिकिर गरे ।

यस्ता पोष्टर, पम्प्लेट तथा होडिङवार्डहरुले नगरको सौन्दर्यतालाई विगार्ने मात्र नभएर दुर्घटनालाई समेत वढावा दिने सुकुना वहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराईको मत रहेको छ । वातावरण संरक्षणका लागि भनेर सुन्दरहरैचा र बेलबारी दुवै नगरपालिकाले निर्णय नै गरेर सडकको ८२ .५ फुट क्षेत्रमा भएका पोष्टर पम्प्लेट तथा होडिङ वोर्डहरु हटाईसकेको र सोभन्दा बाहिर पनि राख्दा नगरपालिकासँग अनुमति लिनु पर्ने वताए पनि नगरपालिकाको त्यो निर्णय कागजमा मात्र सिमित देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्