आठ जना छोरीपछि जन्मेको छोरा, दरखाने दिनमै गरे आत्महत्या



नेपाल समाचारपत्र, पर्वत ।
आठ वटा छोरी जन्मेपछि जन्मेको छोरा त्यही पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरेका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं २ का २६ बर्षिय गणेश भन्ने फडिन्द्रराज पौडेलले दरखाने दिन मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन ।

मृतक पौडेल बिहान घरमा किन ढिला उठ्यो भनेर खोज्ने क्रममा आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिले देखि मानसिक समस्याबाट पिडीत थिए । मानिस देखि डराउने स्वभावका रहेका पौडेल श्रीमती माइत गएपछि एक्लै भएको अवस्थामा झुण्डिएका थिए । उनका दुई छोरी समेत छन ।

 

तीजको दिन घरमा सात जना दिदीहरु दरखान जम्मा भएका थिए । भाई संगै दर खाने दिदीबहिनीहरुको योजना शोेकमा परिणत भएको गाउँलेले जानकारी दिए । मृतक पौडेलको शब पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घटना आत्महत्या जस्तो देखिएको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्