अबरुद्ध सडकले यात्रुहरुलाई सास्ती



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दुदिलाखानबाट गाजरी सम्मको सडक अबरुद्ध हुदा यात्रुहरुलाई सास्ती भएको छ । सिगास गाउँपालिका २ गाजरी पुग्ने सडक वर्षातको पानी सँगै कच्ची सडकमा आवत जावत गर्न पनि समस्या भएको स्थानीय भान बहादुर बोहराले जानकारी दिनुभयो ।

 

एकमहिना देखि गाडी चल्न समेत बन्द भएको र ट्याक्टरको प्रयोगले सडक पुरै हिलाम्य र ठुलठुला खाल्डाहरुकै कारण अबरुद्ध भएको हो । सडक पुरै हिलाम्य सास्ती खेप्नुपरेको भएपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानीयबासीको आरोप रहेको छ । यस्तै अनारखोली देवल सडक खण्डको चुल्लेक, मगराउँ भुल्कुडालगायतका क्षेत्रमा पहिरो जाँदा सडक बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यहाँका स्थानीयहरुले शास्ती भएको छ ।

दैनिक उपभोग्यका सामानहरु ढुवानी गर्न समेत समस्या भएको भुल्कुडा स्थानीय तथा सामाजिक अगुवा गणेश पाण्डेयले बताएका छन् । उनका अनुसार.मगराउँ र भुल्कुडाको बीच तमानी आसपास बिभिन्न ठाउँमा पहिरो गएको छ । देवल देखि भुल्कुडा सम्म पनि गाडी चल्न सकेको छैन । सबैभन्दा मारमा भुल्कुडा कैलपाल, उपल्ला बाटुला, सुकुनी, डंसिलीका स्थानीयहरुलाई समस्या भएको छ । बिरामीहरुलाई अस्पताल सम्म लैजान समस्या भएको छ । यस क्षेत्रमा उत्पादन भएको तरकारी समेत बजार ल्याउन समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्