स्वर्गद्धारी विमानस्थलः चर्चा हुँदै सेलाउदै



वातावरणीय प्रभाव मूल्यांकन हुँदै

सलिम अन्सारी, प्यूठान ।
कुनैबेला खेतीयोग्य झिम्रुक फाँटमा हवाइमैदान बनाउने चर्चा खूब भयो । उर्वर भूमिमै हवाइ मैदान बनाउने कुरा जिल्लाबासी लाई चित्त बुझेन। यातायातको साधनको विकास भईनसकेकाले जिल्लावासीले हवाई मैदानको आवास्यक्ता महसुस गरेन्न । र यसको बिरोध पनि भयो। त्यसपछिको करिव ६ दशक हवाइ मैदानको विषय ओझेलामा परिरहयो । २०४४ साल तिर नया सडक खुल्यो। घोराही प्यूठानको मोटरवाटो छोट्यार भालुवाङ प्यूठानको छोटो बाटो राजमार्गसँग जोडियो। सडक यातायातले दुरी छोटिएपछि प्यूठानीहरुले विमानस्थलको चासो राख्न समेत छाडे।

यस्तै परिवेशमा दोस्रो संबिधानसभाको निर्वाचन हुने भयो ।२०७० सालको सो निर्वाचनमा प्यूठानमा जन्मिएका बामदेव गौतम मैदानमा उत्रीए। उनले चाल्नेटारमा हवाइ मैदान निर्माण गरिने लगायतका महत्वाकांक्षी पूर्वाधार विकासका ३४ बुदेँ योजनाहरु चुनावी प्रतिवद्धतापत्र मार्फत अघि सारे।

बर्दियालाई राजनीतिक कर्मथलो भए पनि प्यूठान जन्मथलो र पूर्व उपप्रधानमन्त्री समेत रहेकाले बामदेव गौतम प्रती सबैको अपेक्षा पनि थियो ।
चाल्नेटार(स्वर्गद्धारी) विमानस्थलसम्म हवाईजहाजबाट उड्ने, कालोपत्रे सडक फेरि स्वर्गद्धारी सम्म केवलकारमा सरर पुगिने भनेपछी प्युठानबासी हौसिए।

स्वर्गद्धारीमा विमान आउने आश्वासनले जनमत संकलनमा ठुलै मद्धत गर्यो। जिल्लाबासीको साथ पाए।
उनको चुनावी प्रतिवद्धतालाई प्यूठानवासीले विश्वास गर्दै उनीसहित तत्कालीन एमालेलाई प्यूठानको दुवै क्षेत्रमा जिताए।
स्वर्गद्धारी नगरपालिका–८ मा रहेको चाल्नेटारमा बिमानस्थल बनाउने भनिएको थियो।

उनी विजय भएपश्चात् हवाइ मैदानको सर्वे वाहेक खासै उल्लेखनीय काम हुन सकेन। बामदेवका खोक्रा आश्वासन भन्दै जिल्लामा धेरै आलोचना भए। यसैका कारण उनी अहिले कहिल्य कता, कहिल्य कता गएर चुनाव लड्न पाए हुन्थ्यो भन्ने भनेर छटपटिएका छन् । २०७४ को संघीय संसद निर्वाचनमा उनी प्यूठानबाट चुनावी प्रतिस्पर्धा गर्न समेत हच्किए।

अहिले नेपाल नागरिक उड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सार्वजनिक सनुवाई गर्ने सूचना प्रकाशित गरेपछि पुनः विमानस्थल निर्माणको चर्चा हुन थालेको छ।

प्रस्तावित प्यूठान स्वर्गद्धारी आन्तरिक विमानस्थलको प्रस्थावित आयोजनास्थलमा आगामी आश्विन ६ गते वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाई गर्ने सूचना प्रकाशित भएको वडा अध्यक्ष खोप बहादुर रावतले बताए।
यसपछि बिस्तृत योजना प्रतिवेदन तयार गरी आयोजना अगाडि बढ्ने उनको विश्वास छ। आयोजनास्थलमा कुनै विवाद नरहेको र आयोजना निर्माणबाट बर्जिवा«ङमा सडक यातायातको पहुँच पनि सुगम हुने उनले बताए।

विमानस्थल निर्माणबाट स्थानीयले रोजगारी समेत पाउने उनले आश गरे।
विमानस्थल निर्माणले जिल्लाको पर्यटन व्यवसायमा समेत उल्लेख्य सुधार हुने प्यूठान उद्योग वाणिज्य संघका अध्यष ज्ञामुराम गौतम बताउँछन्।

जिल्लामा हवाइ यातायातको सहज पहुँच भएमा जिल्लाको समग्र विकासमा नै प्रभाव पार्न सक्ने प्यूठानीको विश्वास छ।
पहाडी जिल्ला यातृ संख्याको अभावमा विमानस्थल सञ्चालन हुन नसकिरहेका बेला प्यूठानको विमानस्थलमा भने त्यो समस्या नहुने यस क्षेत्रका जानकारहरुको भनाइ छ। उनीहरुका अनुसार स्वर्गद्धारीको प्रचार प्रसार भइसकेको र रोल्पा जिल्ला समेत विमानस्थलको पहुचमा रहेकाले विमान निरन्तर सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्