अज्ञात समुहको प्रहार बाट प्रहरी नायब निरीक्षक सहित दूइ जना प्रहरी घाईते



ललित सिंह बझाङ्ग । नेपाल प्रहरीका ,प्रहरी नायब निरीक्षक भान्देब जोशी सहित दुई जना प्रहरी जवान घाईते भएका छन् । घाईते हुनेमा प्रहरी जवान गणेश प्रसाद मिश्र,जनक सिंह बिष्ट घाइते भएका हुन् ।

घाईते बिष्टको टाउकोमा गम्भिर चोट लागे पछि जिल्ला अस्पताल बझाङ्गमा उपचार हुन नसक्दा उनको अवस्था गँम्भिर भएर नेपालगँञ्ज रिफर गरेको प्रहरी नायब निरीक्षक राम सिंह धामीले बताए । उनले भर्ने मेला लाग्ने सम्बन्धीत ठाउँबाट हाम््राो केहि प्रहरी टोली युनिट तिर फर्कने क्रम्मा ढुङ्गामुढा प्रहार गरी घाईते भएका हुन् ।

प्रहरी पनि कम मात्रामा भए पछि अपराधीलाई समात्न नसकिएको बताए । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ नजिकै रहेको बाजकाडा भन्ने स्थानमा हिजो साझँ ८ बजेको समयमा एक्कासी आक्रमण भएको हो । दुर्गाथली गाउँपालीका र छविस पथिभेरा गाउँपालीकाको बिच केन्द्र विन्दुमा लागेको बिर्सती मेला समापन भएपछि गाडीमा यात्रा गर्दै आएका प्रहरी र अन्य छ जना यात्रुहरुमाथि कुटपिट भएको छ ।

एक्कासि बिच रोडमा नचिनेको समुहले प्रहरी र पत्रकार उत्तम कुमार थापा लाई आक्रमण गरेका थिय , मदिरा सेवन गरिरहेका करिब अन्दाजी १६ या १७ जनाको टोलिले माथिबाट ढुङगा मुडा प्रहार गर्दा प्रहरी जवान जनक सिंह बिष्ट लाई धारिलो हतियार प्रहार गर्दा सिकिस्त घाईते भएका छन । गाडीमा ९ जना यात्रु सवार गरिरहेका थिए एक्कासी आक्रमण भए पछि प्रहरी सहि सहित दुई प्रहरी जवान र स्थानीय रेडियो का पत्रकार घाईते भएका हुन् । यस्ता घटना एकै दुर्गाथली गाउँपालिकामा मेला सकिएर फर्कने क्रम्मा आक्रमण भएको मात्र नभई सदरमुख काम चैनपुरमा पनि यस्ता मदिरा सेवन गरी दिनानु दिन घटना भैरहन्छन् ।

यस्ता घटनालाई चिरफार गर्नको लागी सरकार र प्रहरी प्रशासनले नै मज्बुत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्