ठमेल बिस्फोट: १० करोडको क्षति



काठमाडौं । ठमेलकाे ज्याथामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुदाँमा १० कराेडकाे क्षाति भएकाे छ। आगलागीमा परेर २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं महानगरपालिको वडा नम्बर २७ ज्याथास्थित सुनिलजंग स्थापितको घरमा मंगलबार बिहान ४:३० बजे ग्यास बिस्फोट भएपछि आगलागी शुरु भएको हो । स्थापितको घरको भुई तलामा रहेको ट्रेकिङ कम्पनीको गोदाममा राखिएका  ग्यास सिलिण्डर  बिस्फोट भएकाे थियाे  ।

गोदाममा ट्रेकिङमा प्रयोग हुने अक्सिजन ग्यास तथा खाना पकाउने एलपीजी ग्यासका सिलिण्डर थिए । आगलागीका कारण नजिकैका पसलमा समेत क्षति पुगेको छ । घटनामा १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । पानी तान्ने मोटरमा बिजुली सर्ट भएर आगो शुरु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भित्रि भागमा रहेको घरमा दमकल सहजै पुग्न नसकेपछि आगो नियन्त्रणमा केही कठिनाइ भएको थियो । दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । घटनास्थलमा ५३ वटा ग्यास सिलिण्डर फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्