अमेरिकी ¥यापर म्याक मिलरको निधन



अमेरिकी ¥यापर म्याक मिलरको शुक्रबार २६ वर्षको उमेरमा निधन भएको छ। एजेन्सीका अनुसार अत्यधिक लागँऔषध सेवनका कारण कार्डियाक अरेस्ट भएपछि उनको निधन भएको हो।

क्यालिफोर्नियास्थित आफ्नो घरमा मृत फेला परेका उनी १५ वर्षको उमेरमा नै ¥यापर बनेका थिए। उनी सन् २०११ मा आएको पहिलो एल्बम ब्लु स्लाइड पार्कबाट लोकप्रिय बनेका थिए। पपस्टार एरियाना ग्रान्डेको साथ सार्वजनिकरूपमा ब्रेकअप हुनु उनको लागि निकै दुःखदायी घटना बनेको थियो।

एरियानाले म्याकमा भएको नसाको लतका कारण उनीसँग छुिट्टएकी थिइन्। जसपश्चात् म्याकले अझ धेरै नसा सेवन गर्न थालेका थिए। म्याकको पाँचँंै एल्बम गत अगस्टमा मात्र रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस्