लिली बिली जोडी प्रदीप र जसीता लभ स्टेसनमा



लिली बिली जोडी प्रदीप खड्का र जसीता गुरुङलाई अब लभ स्टेसनमो भेटिने भएको छ। उज्ज्वल घिमिरेले निर्देशन गर्ने लभ स्टेसनमा कथा उज्ज्वलकै रहेको छ भने पटकथा तथा संवाद उज्ज्वलको साथमा सुवाससिंह बस्नेतको रहेको छ।

निर्देशक घिमिरेले नायिका जसीता गुरुङ नेपाल अाएको समय पारेर सुटिङ अगाडि बढाउन लागेको बताए। ‘फिल्मको सब्जेक्ट मेरै हो, शुरूमा यसका लागि मैले भुवन केसीमार्पmत अनमोल केसीलाई साथीको छोरा भनेर पनि अफर गरेको थिएँ, तर उसको डिमान्ड हाइ भएका कारण लिन सकिनँ’, राजधानीमा सोमबार आयोजित कार्यक्रममा उज्ज्वलले खुलाए– ‘प्रदीपसँग भेट भएपछि पहिलो मिटिङमा नै फिल्म गर्ने फिक्स भयो।

पहिले नै प्रदीपसँग चिनाजानी भएको भए त उसलाई नै अफर गर्थें, तर नचिनेको हिरो काम गर्न मान्छ कि मान्दैन भन्ने थियो। मैले पहिलोपटक फिल्मका लागि यति मेहेनतको साथ काम गर्न इच्छुक हिरो भेटें। अहिलेका हिरोमा मेहेनत र जिम्मेवारीको महसुस भएको पाएँ। फिल्म आफैं निर्माण गर्ने सोचमा थिएँ, तर निर्देशन मात्र गर्ने भएपछि आपैंmले फिल्म नबनाएको ठीकै भएछ भन्ने लाग्यो।’


नायक प्रदीप खड्काले सबै जनाले हेर्न मिल्ने पारिवारिक फिल्म बन्नुपर्छ भन्ने सोचेर राम्रो कथा र निर्देशकको खोजीमा रहेको बेला उज्ज्वलसँग भेट भएपछि फिल्म गर्ने निर्णय भएको सुनाए। ‘बँढाबँढी तथा छोराछोरीबीचको अट्याचमेन्ट सिम्पेथी कस्तो हुन्छ भन्ने फिल्मको कथा छ। यो पारिवारिक प्रेमकथामा आधारित भएकाले पहिलेका फिल्मभन्दा नयाँ हुनेछ’ –प्रदीपले भने।

नायिका जसीता गुरुङले काफिया फिल्मस्बाट पहिलो फिल्म लिली बिलीमा काम गर्दा नै अर्को फिल्म पनि गर्नुपर्छ भन्ने सम्झौता भएकोले आफँ फेरि पनि यही टिमसँग काम गर्न लागेको बताइन्। ‘सकेसम्म नेपालमै बसेर फिल्मी करिअरलाई अगाडि बढाउने सोच छ’ –यँकेमा बस्दै आएकी उनले भनिन्। खलपात्रको रूपमा डेब्यु गर्न लागेका मोडल प्रकाश शाहले मोडलिङ र रंगकर्मलाई सँगै अगाडि बढाइरहेको बेलामा निर्माता गोविन्द शाहीले आफूलाई फिल्ममा अफर गरेको र राम्रो प्रोजेक्टमा काम गर्न पाउँदा खुसी लागेको बताए।

असोज ५ गतेदेखि दार्जीलिङबाट छायांकन शुरू हुने लभ स्टेसन कालिङपोङ, सिक्किमलगायतका स्थानमा छायांकन गरिनेछ। फागुन २४ गते प्रदर्शन हुने फिल्ममा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत र आलोक शुक्लाको छायांकन रहनेछ। दार्जीलिङका उमेश थापा लाइन प्रोड्युसर रहेको फिल्म काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कवीरविक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्