सर्बोच्चमा दीपकराज जोशीको पेशी तोकिएन



काठमाडौं । प्रधानन्यायाधीशमा अस्विकृत भएर लामो समय बिदा बसी आजदेखि काममा फर्कनु भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीको आज पेशी तोकिएको छैन । संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनु भएका वरिष्ठतम न्यायाधीश जोशी आजदेखि नियमित काममा फर्किए पनि उहाँको पेशी तोकिएको छैन । १० वटा बेञ्चबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सहितका न्यायाधीशको पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
उहांको पेसी किन तोकिएन भन्ने बारे सर्बोच्च अदालतले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्