सुजुकीको पर्वोत्सव योजना



काठमाडौं, (नेस)
जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटो कर्पले दशैं र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ । काठमाडौंमा मंगलबारबाट शुरु हुने नाडा अटो शोको अवसरमा कम्पनीले उक्त योजनाबारे सार्वजनिक गर्दै सम्पँर्ण गाडीहरुमा अफर उपलब्ध गराउने छ ।
नाडा अटो शोकोे लागि यस योजनाअन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने छ । सो छुट सुजुकीको नाडा अटो स्टल नम्बर जे १७ को साथै नेपालभरिका सम्पँर्ण सुजुकी शोरुममा समेत उपलब्ध हुनेछ ।

यसपालिको ‘पर्वोत्सव’ अफर अन्तर्गत उपभोक्ताले २ लाख रुपियाँसम्म नगद छुट, १ लाख रुपियाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपियाँसम्म अतिरिक्त छुट पाउनेछन् । यसबाहेक उपभोक्ताले कम्पनीका २०१७ का सम्पँर्ण मोडल तथा नाडा अटो शोको बुकिङमा विशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्