आजदेखि नाडा अटो शो



काठमाडौं, (नेस)
१३औं संस्करण नाडा अटो शो भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी सञ्चालन हुने भएकोछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवम् ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको छ ।

अटो शोको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पँर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवम् प्राविधिक विकासको प्रचार—प्रसार—प्रवद्र्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।

सर्वसाधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवम् सडक सुरक्षा सम्बन्धी व्यापक जनचेतनाको अभिवृद्धि गर्ने नाडा अटो शोको निरन्तर प्रयास रहने बताइएको छ ।

चार पांग्रे, दुई पांग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा ह्याङ्गर राखिएका छन् । ठाउँको अभावले गर्दा हेभी कमर्सियल गाडी यस वर्ष प्रदर्शनका लागि राखिएका छैनन् । छ दिनसम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्रान्डका चार पांग्रे तथा २० वटा ब्रान्डका दुई पांग्रे सवारी साधन रहने छन् ।

यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी ७१ कम्पनीको सहभागिता रहेको बताइएको छ । साना ठँला गरी १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजलगायत नेपालमै उत्पादित सामग्रीसमेत रहने छन् ।

सर्भोद्वारा प्रायोजित नाडा अटो शो २०१८ मा अवलोकनकर्ताको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २–पाङग्रे, ४–पाङग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टा–छुट्टै ठाउँमा प्रदर्शनीका लागि राखिने आयोजकको भनाइ छ । साथै सहभागी व्यवसायीले आफ्ना विभिन्न ब्रान्डका सवारी साधन, पार्टपँर्जा तथा अन्य सेवा ग्राहकसमक्ष प्रत्यक्ष पु¥याउने तथा प्रत्याशित उपभोक्ताका कौतुहलतालाई सम्बोधन गर्ने प्रयास गर्ने छन् ।

त्यस्तै प्रदर्शनीमा जलपानका लागि व्यवस्थित क्यफेटेरिया, मिडिया कक्ष, ट्राफिक प्रहरी कक्ष एवम् ठाउँ—ठाउँमा सहयोग डेस्कको व्यवस्था गरिएको छ । नाडा अटो शो २०१८ एउटा किनमेलको थलो मात्र नभई सँचनाको आदान—प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोबाइल्स व्यवसायको समस्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वस्नीय मञ्च समेत बन्ने आयोजकको विश्वास रहेको छ ।

यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथाद्वारा भाग्यशाली विजेताले कोलप्याड मेगा २ दशमलव ५ डी प्राप्त गर्न सक्ने छन् जसलाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्