‘अटो क्षेत्र उत्पादनशील नै हो’



अनुपमा खुञ्जेली
सीईओ, मेगा बैंक नेपाल
बैंक तथा वित्तीय संस्थाको लगानी अटोमोबाइल्स क्षेत्रमा अहिले पनि राम्रै छ ।
अटो क्ष्ँेत्रलाई उत्पादनशील क्ष्ँेत्र भनिदैन । तर, म चाहिँ के भन्छु भने पर्यटन क्षेत्रका लागि पनि यातायात अपरिहार्य छ । त्यस अर्थमा हामीले त्यसलाई उत्पादनशील क्षेत्र नै भन्नुपर्छ । अटो क्ष्ँेत्रमा सानो सानो रकमबाट कर्जा प्रवाह हुने हो ।

समग्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निकै कम प्रतिशतमात्रै अटो कर्जाका रुपमा जान्छ । दशैं, तिहारलगायत चाडबाडको समयमा र त्योभन्दा अघि मानिस ले सवारी साधन बढी किन्ने भएकाले पनि यस समयमा अटो लोन बढी प्रवाह हुन्छ ।

नाडा अटो शोमा बैंक तथा वित्तीय संस्था पनि केही अफरसहित आउन लागेका छन् । सवारी साधन किन्नेहरुले पनि दशैं, तिहारलगायतको अवसर पारेर किन्ने गरेको पाइन्छ ।

पछिल्लो समय सरकारले सवारी साधनमा कर पनि बढाएको छ । त्यसले सवारी कर्जा प्रवाहमा खासै फरक नपार्ला । बैंक तथा वित्तीय संस्थाले आफ्नो पोर्टफोलियो मेन्टन गर्नका लागि सवारी कर्जा र बढेको करको विषय खासै ठँलो हो जस्तो मलाई लाग्दैन । सरकारले तोकेबमोजिमको दरभित्र रहि कर्जा प्रवाह गर्दा उत्पादनशील क्षेत्रमा बढी र अनुत्पादक क्ष्ँेत्रमा अलि कम भन्ने मात्र हो । समग्र कर्जाको पोर्टफोलियो त उही नै हो ।

हामीले सवारी तथा घर कर्जाका लागि भनेर विभिन्न स्किम नै ल्याएका छौं । यस वर्षको नाडा अटो शोमा पनि हामी नयाँ र आकर्षक स्किमका साथ आउने तयारी छ । वार्षिक कार्ययोजनाअनुसार स्किम लन्च सुहाउँदो समय पनि यही हो ।

प्रतिक्रिया दिनुहोस्