यामाहाको जेडआर ‘स्ट्रिट ¥याली’



काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लँ इन्टरप्राइजेजले नेपाली बजारमा आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट ¥याली’ सार्वजनिक गरेको छ ।

‘स्ट्रिट ¥याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलबाट प्रभावित छ । ‘यामाहा रे जेडआर ‘स्ट्रिट ¥याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ एमएडब्लु इन्टरप्राइजेज टु ≈वीलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भन्नुभयो–‘हामीलाई विश्वास छ

अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट ¥याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पु¥याउने अपेक्षा हामीले गरेका छौं ।’

नयाँ रे जेडआर ‘स्ट्रिट ¥याली’का फिचरमा ११३ सीसी बुलेट कोर इन्जिन, नकल गार्ड, बोल्ड न्यु भाइजर, डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल,फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ≈वील रहेको छ

नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट ¥याली’को बजार मँल्य २ लाख ८ हजार ९० रुपियाँ तोकिएको छ । यो स्कुटर ¥याली रेड र रेसिङ ब्लु गरी दुई वटा कलरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्