जोकोभिच पुगे साम्प्रासको बराबरीमा



न्युयोर्क, (एजेन्सी)
नोभाक जोकोभिचले यस वर्षको युएस ओपनको उपाधि जितेर अमेरिकाका महान खेलाडी पिट साम्प्रासको उपलब्धिसँग बराबरी गरेका छन् ।

आईतबार भएका खेलमा अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोलाई सीधा सेटमा हराएर जोकोभिचले करियरको १४औं ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

जोकोभिचको १४ ग्रान्डस्लाम उपाधि
अस्टे«लियन ओपन २००८, २०११, २०१२, २०१३, २०१५, २०१६
फ्रेन्च ओपन २०१६
विम्बल्डन २०११, २०१४, २०१५, २०१८
युएस ओपन २०११, २०१५, २०१८

सँगै साम्प्रास र सर्बियाली खेलाडीको ग्रान्डस्लाम उपाधि संख्या बराबरी भएको छ । पुरुष सिंगल्सतर्फ ग्रान्डस्लाम जित्ने सूचीमा उनीहरु भन्दा अगाडि स्विट्जरयान्डका रोजर फेडेरर (२०) र स्पेनका राफाल नाडाल (१७) रहेका छन् ।

३१ वर्षीय जोकोभिचले फाइनल खेल ६–३, ७–६, ६–३ ले जित्दै न्युयोर्कमा तेस्रो उपाधि जितेका थिए । उनले यसै वर्ष जुलाईमा सम्पन्न विम्बल्डनमा उपाधि हात पारेका थिए । लगातार दुई ग्रान्डस्लाम उपाधिसँगै उनी विश्व वरियताको तेस्रो स्थानमा पुग्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्