रसुवामा ४३ प्रतिशत परिवार स्थानान्तरण



रसुवा, (नेस)
भूकम्प गएको ३९ महिना बितिसक्दा समेत रसुवाामा ४३ प्रतिशत परवार मात्रै स्थान्तरण भएका छन । भूकम्पका कारण असुरक्षित मानिएका क्षेत्रमा रहेका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन ।

जिल्लामा अहिलेसम्म करिब ४३ प्रतिशत परिवारलाई मात्रै सुरक्षित स्थानमा सारिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जिल्लामा ८ सय ३६ परिवार पहिरोको उच्च जोखिममा छन् । तीमध्ये ३ सय ५७ परिवारको स्थानान्तरण भएको हो ।

गोसाइँकुण्ड गाउँपालिकामा २० मध्ये १३ परिवार, कालिका गाउँपालिकामा २५ मध्ये १४ परिवार, नौकुण्ड गाउँपालिकामा एक सय २६ मध्ये १९, आमाछोदिङ्मो गाउँपालिकामा २ सय ७२ मध्ये १ सय २४ र उत्तरगया गाउँपालिकामा ४ सय ६३ मध्ये १ सय ८७ परिवारको स्थानान्तरण भएको छ।

जिल्लामा भिरालो जमिन रहेको र बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा खोज्न कठिनाइ भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्